स्प्रेड मिलाउन कर्जाको ब्याज दर चैतदेखि नै घटाउँदै बैंकहरु

Mar 08, 2023 02:51 PM Merolagani



बैंकहरुले केन्द्रिय बैंकले तोकेअनुसारको स्प्रेड दर कायम गर्न कर्जाको ब्याजदर घटाउन थालेका छन्, बैंकहरुले फागुन अन्तिमदेखि नै कर्जाको ब्याजदर घटाउन थालेका हुन्।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चैत मशान्तभित्र स्प्रेड दर ४.२ प्रतिशतमा झार्न निर्देशन दिएको छ। सोहि अनुसार स्प्रेड दर घटाउन बैंकहरुले ब्याजदर घटाउन थालेका हुन्।

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले नाफा मेन्टेन गर्न स्प्रेड दर थप बढाएका थिए। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामानै चैतसम्ममा स्प्रेड दर ४.२ प्रतिशतमा झार्न निर्देशन दिएको भए पनि बैंकहरुले भने स्प्रेड दर थप बढाएका थिए।

स्प्रेड दर भनेको बैंकहरुले कर्जामा लिने औसत ब्याजदर र निक्षेपमा दिने औसत ब्याजदरको अन्तर हो। यसरी कर्जा र निक्षेपको औसत ब्याजदरको अन्तर बढ्दै जाँदा बैंकहरुले निक्षेपमा दिने ब्याज भन्दा कर्जामा लिने ब्याजदर धेरै बढ्छ। जसले गर्दा उनीहरुले निक्षेप खातामा दिने भन्दा कर्जाबाट आउने ब्याज पनि धेरै हुन्छ।

स्प्रेड दर बैंकहरुको आम्दानीसँग सिधा जोडिएको हुन्छ। स्प्रेड दर धेरै हुँदा बैंकहरुको ब्याज आम्दानी धेरै हुन्छ भने स्प्रेड दर कम हुँदा उनीहरुको ब्याज आम्दानी कम हुन्छ। ब्याज आम्दानी बढ्दा उनीहरुको नाफा पनि बढ्छ। यसैले गर्दा बैंकहरुले स्प्रेड दर बढाएर नाफा बढाउन खोजेका थिए।

गत पुस मशान्तसम्मको तथ्याँक अनुसार १४ वटा वाणिज्य बैंकको स्प्रेड दर ४.२ भन्दा धेरै छ। मर्जरमा गएका बैंकले स्प्रेड दरमा सहुलियत पाउने भए पनि अन्य बैंकले भने चैतभित्र ४.२ प्रतिशतमा झार्नुपर्ने हुन्छ। मर्जरमा गएका संस्थालाई भने तोकिएको भन्दा बढी स्प्रेड दर कायम गर्न केन्द्रिय बैंकले सहुलियत दिएको छ।

  • स्प्रेड दर घटाउन यी बैंकलाई ब्याजदर घटाउनुपर्ने बाध्यता

स्प्रेड दर मिलाउनको लागि झण्डै १ दर्जन बैंकलाई ब्याजदर घटाउनु पर्ने बाध्यता देखिएको छ। त्यसैले गर्दा स्प्रेड दर सिमा भन्दा माथि रहेका बैंकहरुले अहिले स्प्रेड दर घटाउन थालेका हुन्।

नेपाल एसविआई बैंकको स्प्रेड दर ४.४० प्रतिशत छ भने एनआइसि एशिया बैंकको ४.३९ प्रतिशत, सानिमा बैंकको ४.३९ प्रतिशत एभरेष्ट बैंकको ४.३८ प्रतिशत, प्राइम बैंकको ४.३३ प्रतिशत, सिटिजन्स बैंकको ४.३१ प्रतिशत,नेपाल बैंकको ४.२६ प्रतिशत, माच्छापुछ्रे बैंकको ४.२५ प्रतिशत,सिद्धार्थ बैंकको ४.२२ प्रतिशत छ। यी बैंकहरुले चैत मशान्तसम्ममा स्प्रेड दर ४.२ प्रतिशतभन्दा कम कायम गर्नुपर्ने छ।

नविल,ग्लोबल, कुमारी, प्रभु, लक्ष्मी बैंकको भने स्प्रेड दर धेरै भए पनि राष्ट्र बैंकले दिएको सहुलियतले गर्दा ब्याजदर घटाउनुपर्ने बाध्यता रहदैन। तथ्याँक अनुसार पुस मशान्तसम्ममा नविल बैंकको स्प्रेड दर सबैभन्दा धेरै ४.४८ प्रतिशत रहेको थियो भने कुमारी बैंकको पनि ४.४२ प्रतिशत रहेको छ।

स्प्रेड दर मिलाउनकै लागि अहिले सानिमा बैंक,एभरेष्ट बैंक लगायतले कर्जाको ब्याजदर घटाउन थालिसकेका छन्। सानिमा बैंकले २ प्रतिशतसम्म प्रिमियम घटाएर कर्जाको ब्याजदर घटाएको छ। भने एभनेष्ट बैंकले १ प्रतिशत प्रिमियम घटाएको बुझिएको छ।

यी बैंकहरुले आगामी चैतदेखि नै लागु हुने गरी कर्जाको ब्याजदर घटाएका हुन।

  • बैशाखदेखि थप घट्दैछ कर्जाको ब्याजदर

बैशाखदेखि बैंकहरुको कर्जाको ब्याजदर थप घट्ने छ। बैंकहरुले गत माघ महिनामा नै निक्षेपको ब्याजदर घटाएकोले यसले उनीहरुको लागत घटेको छ जसले गर्दा बैंशाखदेखि आधार दर पनि घट्ने छ।

बैंकहरुले आधार दरमा केहि प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन्। आधार दर घट्दा बैंकहरुको कर्जाको ब्याजदर स्वत घट्ने छ। चैतमा पनि निक्षेपको ब्याजदर घटाएमा बैशाखदेखि कर्जाको ब्याजदर थप घट्ने छ।

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।