५० वर्षको उमेरमा जागिर छाडेर फाल्गुनी नायरले बनाएको ‘युनिकर्न ब्राण्ड’ – नायका

Mar 08, 2023 06:19 PM Merolagani

इ–कमर्स कम्पनी नायकाले गत सेप्टेम्बरको त्रैमासमा ५.२ करोड रुपैयाँ नाफा कमाएको छ। नायकाले आफ्नो १० वर्षको यात्रामा धेरै कीर्तिमान बनाएको छ।

सन् २०२० मा, ११ ब्राण्डहरु युनिकर्न बनेका थिए। जसमा नायका पनि सामिल थियो। युनिकर्न ती ब्राण्डहरू हुन् जसको भ्यालुएसन १ अर्ब डलर नाघेको छ। कम्पनीले आफूसँग १ हजार २०० भन्दा बढी ब्राण्डका उत्पादनहरू रहेको र हरेक महिना १३ लाखभन्दा बढी अर्डरहरू प्राप्त गरिरहेको दाबी गरेको छ।

कम्पनीले नायका म्यान, नायका प्रो, नायका फेसन र नायका नेटवर्क लगायतका आफ्ना धेरै उत्पादनहरू लन्च गरेको छ। यो कम्पनी कसरी सुरु भयो? र ई–कमर्सको संसारमा कसरी नाम कमाउन सफल भयो?

यो कसरी सुरु भयो?

नायका फाल्गुनी नायरले २०१२ मा सुरु गरेकी थिइन्। १९ फेब्रुअरी, १९६३ मा मुम्बईमा जन्मिएकी फाल्गुनी पेशाले इन्भेष्टमेन्ट बैंकर हुन्। उनले एएफ फर्ग्युसन कम्पनीमा म्यानेजमेन्ट कन्सल्टेन्टको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। सन् १९९३ मा कोटक महिन्द्रा समूहमा आबद्ध भएर १९ वर्ष काम गरिन्। उनी सन् २००५ मा कम्पनीको प्रबन्ध निर्देशक बनिन् र २०१२ सम्म उक्त पदमा रही काम गरिन्। जागिरको क्रममा उनले आईआईएम अहमदाबादबाट एमबीए गरिन्। एमबीए गर्दा नै उनलाई आफ्नै व्यवसाय सुरु गर्ने सोच आयो।

५० वर्ष पुगेकी फाल्गुनीले ठूलो जोखिम उठाइन्। आफ्नो राम्रो जागीर छोडेर, उनले नायका सुरु गरिन्। नायका एक संस्कृत शब्द हो, जसको अर्थ मुख्य भूमिका निर्वाह गर्ने अभिनेत्री हो। फाल्गुनी नायरले भारतीय महिलाहरूको सौन्दर्य बढाउने अवसर देखे र २०१२ मा सौन्दर्य–स्वास्थ्य उत्पादनहरू बेच्न अनलाइन प्लेटफर्म सुरु गरिन्। २०१४ मा, सिकोइया क्यापिटल इण्डियाले नायकामा १ मिलियन डलर लगानी गर्यो। त्यसपछि धेरै लगानीकर्ताहरूले कम्पनीमा पैसा लगानी गर्न थाले। विस्तारै कम्पनी विस्तार हुन थाल्यो।

अनलाइन स्टोरहरू २०१५ मा खोलियो

सौन्दर्य प्रसाधन खरिद गर्नेहरूले यसको गुणस्तर जाँच गरेर मात्र खरिद गर्नुपर्छ। यसैलाई ध्यानमा राख्दै कम्पनीले सन् २०१५ मा अफलाइन स्टोर पनि खोलेको थियो। अनलाइनमा लोकप्रिय भइसकेको कम्पनीले अफलाइन स्टोर खोल्दा ग्राहकको संख्या र कम्पनीको नाफा दुबै बढेको छ। छोटो समयमा नै कम्पनीको देशभर ६८ वटा स्टोरहरू बन्न पुग्यो।

नायकाका संस्थापक फाल्गुनी नायर भन्छिन्, ‘मैले स्टार्टअप सुरु गर्ने धेरै व्यक्तिहरूबाट प्रेरणा पाएको छु। म महिलाहरूलाई यो सन्देश दिन चाहन्छु कि उनीहरूले आफ्नो जीवनलाई पनि महत्त्व दिनुपर्छ।’

सन् २०२१ मा नायका ब्राण्डले आईपीओ निष्काशन गर्यो र लिस्टिङको दिनमा लगानीकर्ताहरूलाई बलियो प्रतिफल दियो।

खराब संस्कृति र नक्कल गरेको आरोप

नायकाको यात्रा त्यति सहज थिएन। कम्पनीको अहिलेसम्मको यात्रामा धेरै पटक आइडिया नक्कल गेको र चोरेको आरोप पनि लागेको छ । यति मात्र होइन, कम्पनीको कमजोर कार्य संस्कृतिमाथि पनि प्रश्न उठाइएको थियो। यी सबै घटनाबाट पाठ सिकेर नायका अहिले धेरै परिवर्तनबाट गुज्रिरहेको छ। ब्राण्डिङदेखि उत्पादन तयारीसम्म, नवप्रवर्तन र अनुसन्धानलाई यसको एक हिस्सा बनाइन थालेको छ।

कम्पनीलाई अगाडि बढाउने काम फाल्गुनी नायरकी छोरी अद्वैतले गरिरहेकी छिन्। अद्वैत अमेरिकन बिजनेस स्कूलका पूर्व छात्र हुन् र हाल फेसन सेक्सनका प्रमुख कार्यकारी हुन्।

(अनुवादित)

comments powered by Disqus

वैशाख २ देखि ३३ ब्रोकर कम्पनीले नयाँ टिएमस टेस्ट गर्ने, मोबाइलबाटै कारोबार,के छन् अरू नयाँ फिचर ?

Mar 17, 2023 06:09 AM

सुवास निरौला

लामो समयदेखि नयाँ टिएमएसको पर्खाइमा रहेका लगानीकर्ताको पर्खाइ आउने वैशाख देखि सकिने  भएको छ।