व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट, यस्ताे छ पुनर्जागरण गर्ने प्रकृया

Mar 17, 2023 05:25 PM Merolagani

नेपाल बीमा प्राधिकरणले व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमा अवधि भर एक पटक जरिवाना शुल्क छुट दिने व्यवस्था गरेको छ । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरेको हो ।

निर्देशिका अनुसार बीमा कम्पनी सञ्चालक समितिको स्वीकृत लिई ब्याज छुट योजना सञ्चालन गर्न सकिनेछ । बीमकले सो योजनाको अवधिभर ब्यतित भएका बीमालेखहरु पुनर्जागरण गर्दा बीमितले तिर्नुपर्ने ब्याजमा आंशिक वा पूर्ण छुट प्रदान गर्न सकिने व्यवस्था छ ।

तर व्यतित बीमालेख नविकरण गर्दा लाग्ने व्याजमा कति व्याज छुट दिने हो । त्यसको भने बीमा प्राधिकरणमा जानकारी गराउनु पर्ने निर्देशिकामा व्यवस्था छ ।

ब्याज छुट गर्ने प्रयोजनका लागि दुई वर्ष अगाडिदेखि व्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गर्न सक्नेछ । बीमकले बीमितलाई बीमा अवधि भरी एक पटक मात्र ब्याज छुट सहित बीमालेख पुनर्जागरण गर्न सकिने सुविधा प्रदान गरेको छ ।

यस्तै बीमितले आफू जीवन बीमाको लागि निरन्तर योग्य छु भनी सन्तोषजनक प्रमाण पेश गरेमा तथा तिर्न बाँकी सबै बीमा शुल्क रकम ब्याज सहित भुक्तानी गरेमा अनिवार्य आवश्यक मेडिकल अन्डरराइटिङ गरी बीमा अवधि भित्र जुनसुकै समयमा बीमकले ब्यतित भएको बीमालेख पुनर्जागरण गरिदिन सक्नेछ ।

बीमितले बीमालेख व्यतित भएको पाँच वर्षसम्म पनि पुनर्जागरण नगरेमा बीमकले सो बीमितलाई नयाँ बीमालेख जारी गर्न पाउने छैन ।

हाल नेपालमा सञ्चालनमा रहेका अधिकाँश जीवन बीमा कम्पनीहरुले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने व्याजमा छुट प्रदान गर्दै आइरहेका छन् । प्रभु लाइफ, एशियन लाइफ, युनियन लाइफ, महालक्ष्मी लाइफ, रिलायन्स लाइफ, नेपाल लाइफ सिटिजन लाइफ इन्स्योरेन्स लगायतले व्यतित बीमालेखमा छुट प्रदान गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा नविकरण गर्दा शत प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत, रिलायन्स लाइफले शत प्रतिशत र युनियन लाइफ इन्स्योरेन्सले पनि शत प्रतिशत विलम्ब शुल्कमा छुट प्रदान गरेको थियो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने जरिवना शुल्कमा छुट प्रदान गरिरहेको छ । कम्पनीले २०७७ फागुन १० गतेदेखि २०७९ फागुन ९ गते भित्र जारी भएका बीमालेखहरूको नविकरण चैत ९ गते सम्ममा भुक्तानी गरे जरिवना शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिरहेको छ ।

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने जरिवना शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्दै आइरहेको थियो । कम्पनीले २०७७ फागुन १४ गते देखि नविकरण शुल्क भुक्तानी नगरेर व्यतित भएका बीमालेखहरुमा लाग्ने जरिवना शुल्कमा छुट दिएको हो ।

कम्पनीले २०७९ फागुन १५ गतेदेखि २०७९ चैत ३० गते भित्र व्यतित बीमालेख पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिईरहेको छ ।

यस्तै प्रभु लाइफले पनि फागुन २१ गतेदेखि बैशाख ३१ गते भित्र व्यतित बीमालेख पुनर्जागरण गराए नविकरण शुल्कमा लाग्ने व्याज शत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।