राप्रपा नेताहरूले झापा पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

Mar 22, 2023 04:10 PM merolagani



पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका चार शीर्ष नेताहरूले भेट गरेका छन् । झापा,दमकमा रहेका पूर्व राजालाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू दमक पुगेका थिए ।

भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी,रवीन्द्र मिश्र र धवल शमसेर सहभागी थिए । अकस्मात झापा पुगेर पूर्व राजालाई भेटे पनि याे  भेटलाई राप्रपा नेताहरूले सामान्य भेटघाट भनका छन् ।

 भेटमा समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष लिङदेनले जानकारी दिए । बिचार मिल्ने भएकाले राजासँग बेलाबेला भेटघाट भइरहन्छ उनले भने ।

राप्रपा सरकारबाट बाहिरिएपछि शीर्ष नेताहरूकाे याे पहिलाे भेट भएकाे बताइएकाे छ । राप्रपा सरकारमा गएकाेमा पूर्व राजाले असन्तुष्टि जनाएका थिए भने व्यवसायी दुर्गा प्रसाईकाे कार्यक्रममा राजा उपस्थित भएकाेमा राप्रपा नेताहरूले पनि असन्तुष्टि जनाएका थिए । दुवै असन्तुष्टि याे भेटले साम्य पारेकाे बिश्लेषण गरिएकाे छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।