राप्रपा नेताहरूले झापा पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

Mar 22, 2023 04:10 PM merolagani



पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका चार शीर्ष नेताहरूले भेट गरेका छन् । झापा,दमकमा रहेका पूर्व राजालाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू दमक पुगेका थिए ।

भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी,रवीन्द्र मिश्र र धवल शमसेर सहभागी थिए । अकस्मात झापा पुगेर पूर्व राजालाई भेटे पनि याे  भेटलाई राप्रपा नेताहरूले सामान्य भेटघाट भनका छन् ।

 भेटमा समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष लिङदेनले जानकारी दिए । बिचार मिल्ने भएकाले राजासँग बेलाबेला भेटघाट भइरहन्छ उनले भने ।

राप्रपा सरकारबाट बाहिरिएपछि शीर्ष नेताहरूकाे याे पहिलाे भेट भएकाे बताइएकाे छ । राप्रपा सरकारमा गएकाेमा पूर्व राजाले असन्तुष्टि जनाएका थिए भने व्यवसायी दुर्गा प्रसाईकाे कार्यक्रममा राजा उपस्थित भएकाेमा राप्रपा नेताहरूले पनि असन्तुष्टि जनाएका थिए । दुवै असन्तुष्टि याे भेटले साम्य पारेकाे बिश्लेषण गरिएकाे छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।