नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकममा पनि सुधार

Mar 28, 2023 03:15 PM Merolagani

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १२.१० अंक बढेर १९१८.१० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५८ स्टकको ३५ हजार ९२६ पटकको कारोबारमा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको ४० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर, श्रृजनशील लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, महिला लघुवित्तको शेयरमूल्य यस दिन करिब ९ प्रतिशत बढेको छ भने नेरुडे लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ३.१७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरीको यस दिन करिब ६ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको करिब ५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.७५ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।