तीन दिनपछि घट्यो नेप्से

Mar 30, 2023 03:18 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिन निरन्तर उकालो लागेको नेप्से, यस दिन घटेको हो।

यस साताको दोस्रो कारोबार दिनदेखि नेप्से उकालो लागेको थियो। पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक ३१.१३ अंक बढेको थियो। यस दिन नेप्से १०.८७ अंक घटेर १९०८.५५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ इण्डेक्स ०.६१ अंक घटेको छ।

यस दिन पनि बजारमा १ अर्बभन्दा कमको शेयर कारोबार भएको छ। यस दिन नेप्सेमा २५४ स्टकको २६ हजार ४३४ पटकको कारोबारमा ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार पनि सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ५२ रुपैयाँ बढेर ५७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्ड र कालिञ्चोक दर्शनको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।