गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिक्री प्राप्त गरेकोमा रिटेलरहरूलाई यो यात्रा पुरस्कृत गरिएको हो।
अहिलेको कठिन आर्थिक अवस्था बावजुद, बेटरले आफ्ना रिटेलरहरूलाई आगामी वर्ष अझ राम्रो बिक्री गरोस् अनि अगाडि बढोस् भनि प्रोत्साहन र प्रेरणाको रूपमा यात्रा प्रस्ताव गरिएको बताएको छ।
‘हामी आफ्नो रिटेलरहरूलाई उत्थान गर्न चाहन्छौं र विश्वास दिन चाहन्छौं। उहाँहरूबाट यस्तो समर्पण पाएकोमा हामी कृतज्ञ छौं र हाम्रो कृतज्ञता देखाउन चाहन्छौं।’ सन्नी रौनियार, सह–संस्थापक र बेटर होम अप्लायन्सेसका सीईओले बताए।
बेटर होम अप्लायन्सेस नेपालमा इलेक्ट्रोनिक्स र होम अप्लायन्स ब्रान्डको दायरा हो। यसले सबै प्रकारका उपकरणहरू प्रदान गर्दछ जस्तै प्रेसर कुकर, राईस कुकर, इस्त्री, ईन्डक्सन स्टोभ, ईन्फ्रारेड स्टोभ, ईलेक्ट्रिक जग, फ्यान, हीटर आदि।