प्रज्ञा भवनमा उद्योगी/व्यवसायीको चुनावी रौनक (फोटो फिचरसहित)

Apr 12, 2023 11:44 AM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठन भवन कमलादीमा १० बजेदेखि मतदान भइरहेको छ ।

महासंघको चुनावको लागि देशभरका उद्यागी व्यवसायी यतिबेला काठमाठौंमा छन । आज हुने चुनावले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व सहितको पदाधिकारी छान्ने छ ।

प्रज्ञा भवनमा भइरहको मतदानमा मोबाइल, प्रज्वलनशील पदार्थ लगाएतका बस्तु निषेध गरिएको छ । महासंघको निर्वाचन समिति अनुसार यो निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छ ।

यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको बताइएको छ ।

यो निर्वाचनबाट निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने बताइएको छ । बरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन ।

हेर्नुस फाटोहरु

 

 




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।