गत मंसिरको आम निर्वाचनमा उनी सोहि क्षेत्रबाट ४९ हजार २६४ मतले बिजयी भएका थिए । तर, लामिछाने नागरिकता विवादसँगै अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र सांसद विहिन बनेको थियो ।
तर, उपनिर्वाचनमा भने उनले सान्दार कमब्याक गरेका छन । कुल ७८ हजार २७७ मत गणना हुँदा लामिछानेले ५४ हजार १७६ मत पाएका छन्।
उनका प्रतिस्पर्धीहरु नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्।