होटल समूहको परिसूचक ओरालो घटेपनि यस साता यस होटलको शेयरमूल्य १७ रुपैयाँ बढेको छ। गत साता ५६७ रुपैयाँमा अन्तिम कारोबार भएको यस होटलको शेयरमूल्य यस साता ५८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सपोर्ट जोनभन्दा माथि
यस साताको अन्तिम कारोबार दिन होटलको शेयरमूल्य सपोर्ट जोनभन्दा माथि बन्द भएको छ। हाल होटलको सपोर्ट जोन ५६५ देखि ५८० को क्षेत्र रहेको छ। यस साता भरी होटलको शेयरमूल्यले सपोर्ट जोन परीक्षण गरेको थियो। आगामी साता होटलको शेयरमूल्य उकालो लागेमा ६४० देखि ६५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता हाबी
साताको अन्तिम कारोबार दिन होटलको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। साप्ताहिक रुपमा पनि होटलको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता होटलको शेयरमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम
होटलको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। गत साता होटलको दैनिक औषतमा २२ हजार २४८ कित्ता शेयर खरिदबिक्री भएको थियो। होटलको २० दिने औषत भोल्यूम १० हजार ६८७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १०८.१८ प्रतिशत बढी हो।

सकारात्मक क्षेत्रमा एमएसिडी
यस साता होटलको एमएसिडी शून्य रेखा र सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, होटलको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यसले होटलको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढी
साताको अन्तिम कारोबार दिन होटलको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले सो दिन होटलको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा होटलले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ८ करोड रुपैयाँ ऋणात्मक रहेको थियो।
होटलको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १५ करोड ९ लाख रुपैयाँबाट बढेर ४३ करोड ९० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल नाफा ११ करोड १६ लाख रुपैयाँबाट बढेर ३७ करोड ३२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको होटलको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ करोड १२ लाख रुपैयाँ धनात्मक भएको छ।
१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ९० करोड ८० लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको जगेडा कोषमा ८१ करोड ६० लाख रुपैयाँ सञ्चित थियो।

सो अवधिसम्ममा होटलको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा रहेको छ। सो अवधिसम्ममा होटलको बुकभ्यालु १८० रुपैयाँ ४९ पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार होटलको मूल्य आम्दानी अनुपात ९०.१२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.२४ गुणा रहेको छ।
प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा होटलको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा होटलको १ करोड १२ लाख ८० हजार ९०४.३८ कित्ता शेयर सूचीकृत छ। होटलको १८० दिने औषत मूल्य ५२७ रुपैयाँ २३ पैसा रहेको छ। त्यसैगरी, होटलको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ६०२ रुपैयाँ ६० पैसा रहेको छ भने न्यून मूल्य ४१३ रुपैयाँ ८० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा होटलको कुल बजार पूँजीकरण ६ अर्ब ५८ करोड ८० लाख ४८ हजार १५७ रुपैयाँ ९२ पैसा रहेको छ।

ब्रोकर नम्बर ४५ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ४५ ले होटलको सबैभन्दा बढी २३ हजार २६० कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर ५८ ले सबैभन्दा बढी १४ हजार ४०८ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा
यस साता फियर एण्ड ग्रिड मिटरमा होटलको शेयर न्यूट्रल जोनबाट ग्रिड जोनतर्फ गइरहेको देखिन्छ। यसले लगानीकर्ताहरु मूल्य बढ्ने अपेक्षामा होटलको शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)