नाफासँगै बढ्यो कालिञ्चोक दर्शनको प्रतिशेयर आम्दानी

May 14, 2023 06:42 AM Merolagani



कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ करोड ५६ लाख रुपैयाँ थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४ करोड ५९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.८१ प्रतिशत बढेको छ भने अन्य आम्दानी ९७.४५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७१ पैसा बढेर ५ रुपैयाँ ५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९.३६ गुणा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।