रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुदै गरेको रामपुर नगरपालिकामा महिन्द्रा कम्पनीको शोरूम सञ्चालनमा ल्याइएकाे हाे ।
बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शोरूमको उद्घाटन गरेका हुन् । शोरूम उद्घाटनको शुभारम्भ गर्दै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुदा पाल्पाको रामपुरमा शोरूम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताएका छन् । पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको शोरूम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने बताउँदै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताए । अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ गाउँमा पुगेको बताएका छन्। उनले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा बिस्तार गरेको जानकारी दिए । रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा शोरूम सुरू गरिएको हो ।
कार्यक्रमको सञ्चालन रामपुर अटो भिलेजका सञ्चालक चिरन्जीवी सिग्देलले गरेका हुन् । बिगत पाँचवर्ष अघि देखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरु दिइरहेको छ । कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा भएको हो ।