गत साता २ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

May 21, 2023 06:17 AM Merolagani



गत साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। अघिल्लो साता १८३८.५९ विन्दुमा रहेको नेप्से, गत साता २.११ प्रतिशत अर्थात ३८.७३ अंक बढेर १८७७.३२ विन्दुमा पुगेको छ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेसँगै नेप्से २ प्रतिशतभन्दा बढी बढेको हो। यस साता आइतबार र सोमबार बजार घटेको थियो भने बाँकी तीन कारोबार दिन बढेको थियो।

 

रिभर्सलको संकेत

मेरोलगानी एआई चार्ट अनुसार गत साता नेप्सेमा रिभर्सलको संकेत देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८५० विन्दुभन्दा माथि बन्द भएको छ। यसले आगामी दिनमा बजार बढ्न सक्ने संकेत गर्दछ।

टेवा क्षेत्रबाट उकालो लाग्यो

गत साता नेप्से १८०० देखि १८३५ को क्षेत्रमा टेवा पाएर उकालो लागेको हो। गत साताको सोमबार र मंगलबार नेप्सेले १८०० को टेवा परीक्षण गरेको थियो। तर दुबै दिन सो विन्दुभन्दा तल जान सकेन र सोही विन्दुमा टेवा पाएर नेप्से बढेको हो। यस साता नेप्से उकालो लागेमा १९८० देखि २०१५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश पिन बार मैनबत्ती बनाएको छ। यसले सो साता बिक्रीकर्तामाथि खरिदकर्ता हाबी भएको संकेत गर्दछ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता दैनिक औषतमा ९२ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७७ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १९.३७ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

साताको अन्तिम कारोबार दिन एमएसिडीमा बुलिश क्रशओभर बनेको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले बजार बढ्ने संकेत गर्दछ। त्यसैगरी, सो दिन नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा पुगेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।