सुनको आयात घट्यो, बैशाखसम्ममा भित्रियो साढे १९ अर्बको सुन, गत वर्षको तुलनामा ३५ प्रतिशतले कमी

May 24, 2023 11:25 AM Merolagani

चालु आर्थिक वर्षमा सुनको आयात ह्वातै घटेको छ। बैशाखसम्ममा करिब साढे १९ अर्ब रुपैयाँको सुन आयात भएको छ। भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको बैशाखसम्ममा सुनको आयात ३४ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकले आयातमा गरेको कडाई, सुनको भाउमा भएको बृद्धि,तरलता ब्याजदर लगायतका कारणले मागको कमी हुँदा सुनको आयात पनि घटेको हो। अहिले बजारमा सुनको माग पनि निकै घटेको व्यवसायीहरु बताउँछन्। अहिले अत्यावश्यक हुनेले मात्रै सुन खरिद गरीरहेको उनीहरु बताउछन्।

गत आर्थिक वर्षको बैशाखसम्ममा कुल २९ अर्ब ७० करोड रुपैयाँ बराबरको ४ हजार २४८ किलो सुन आयात भएको थियो। चालु आर्थिक वर्षको सोहि अवधिमा २ हजार ५६६ किलो मात्र सुन आयात भएको छ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै सुन आयात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा कुल ३५ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो भने २०७७/७८ मा २७ अर्ब ३४ करोड सुन आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा भने १३ अर्ब रुपैयाँको मात्रै सुन आयात भएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँको सुन आयात भएको थियो भने आर्थिक वर्ष २०७२/७३ मा साढे १५ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि सुनको आयात गत वर्षको तुलनामा निकै कम हुने देखिएको छ।
विगतका वर्षहरुमा विवाहको सिजनमा ४०–४५ केजीसम्म नयाँ सुनको खपत हुने गरेकोमा यस वर्ष बैंकहरुले ल्याउने दैनिक १० किलो सुनले नै बजारको माग धानिरहेको व्यवसायीहरु बताउँछन्। अहिले भाउ अत्याधिक बढेको कारण कतिपय पुराना सुन समेत बिक्रीमा आइरहेको छ।

अहिले सुनको भाउ १ लाख ९ हजार भन्दा माथि छ। मंगलबारसम्ममा सुनको भाउ १ लाख ९ हजार २०० रुपैयाँ रहेको छ। सुनको भाउ लगातार बढ्दै गएको कारण पनि सुनको माग केहि कम छ । यसले गर्दा पछिल्लो समय आयात केहि घटेको हो। २०७५/७६ मा प्रति तोला सुनको मूल्य ६० हजार रुपैयाँको हाराहारीमा रहेको थियो। अहिले सुनको भाउ १ लाख १० हजार रुपैयाँ छ।

अर्कोतर्फ नेपाल राष्ट्र बैंकले सुन आयातमा गरेको कडाइले पनि सुनको आयात केहि घटेको छ। २०७८ फागुन १२ गतेदेखि राष्ट्र बैंकले सुनको दैनिक आयातको कोटालाई १० किलोमा झारेको थियो। यसले गर्दा पनि सुन आयात घटेको देखिन्छ। राष्ट्र बैंकले सुन आयातको कोटा १० केजीमा झारेकोले नै अहिले सुनको आयात कम भएको व्यवसायीहरु बताउछन्।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।