दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

May 25, 2023 06:19 AM Merolagani



जेठ ११ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले नेशनलको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने प्रभुको ९.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा र प्रभु लाइफको ४२८ रुपैयाँ ५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको शेयर प्रतिकित्ता ६४९ रुपैयाँ ८० पैसा र प्रभु लाइफको ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले जेठ २२ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ। यसका साथै लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्स (PLI) ले जेठ २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने, महालक्ष्मी लाइफ इन्स्योरेन्ससँगै मर्जर गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।