बढ्दाे बेरोजगारीका कारण नेपाल दुःखी राष्ट्रहरूमध्ये ६३ औं स्थानमा

May 25, 2023 02:32 PM Merolagani



दुःखी राष्ट्रहरूको सूचीमा नेपाल ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको मिजरी इन्डेक्स अनुसार नेपाल दुःखी राष्ट्रहरुको सूचीमा ३७.१८ अंक सहित ६३औं स्थानमा रहेको छ ।

हान्के वार्षिक दुःख सूचकांकले १५७ राष्ट्रहरुमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । नेपालमा दुःखको मूख्य कारण बेरोजगारी रहेको देखाइएको छ ।

विश्वका सबैभन्दा दुःखी राष्ट्रहरुमा जिम्वाम्वे ४१४.७ अंकका साथ पहिलो स्थानमा रहेको छ । जिम्बावेको मुद्रास्फिति नै दुःखी देशमा पर्नुको प्रमुख कारण रहेको छ । यसैगरी, भेनेजुयलामा दोश्रो स्थानमा, सिरिया तेश्रो स्थानमा, लेबनन चौथो स्थानमा, सुडान पाँचौ स्थानमा, अर्जेन्टिना छैठौं स्थानमा, यमन सातौं स्थानमा, युक्रेन आठौं स्थानमा, क्युबा नवौं स्थानमा र दशौं स्थानमा टर्की रहेको छ ।दुःखी देशको अंग्रपक्तिमा श्रीलंका,पाकिस्तान समेत परेका छन् । छिमेकी राष्ट्र भारत यस सुचीकाे १०३ औं स्थानमा परेकाे छ ।  बेराेजकारीका कारण दुःखमा भारतले  २२.५८ अंक पाएकाे छ।

यस्तै २०२२ मा सबैभन्दा कम दुःखी अर्थात् खुशी राष्ट्रहरुमा स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ । विश्वको अन्य राष्ट्र जापान १५४ औं स्थानमा, इजरायल १४५औं स्थानमा, दक्षिण कोरिया १४४औं स्थानमा, चिन १४२ औं स्थानमा, कतार १४० औं स्थानमा, डेनमार्क १३७औं स्थानमा, जर्मनी १३५औं स्थानमा, अमेरिका १३४औं स्थानमा,  बेलायत १२९औं स्थानमा, अष्ट्रेलिया ११६औं स्थानमा र ओमान ११३औं स्थानमा छन्।

यस सूचकाङ्कको सूची वर्षको अन्त्यमा बेरोजगारीको योगफल, मुद्रास्फीति, र ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो । आर्थिक क्षेत्रमा, दुःख उच्च मुद्रास्फीति, उधारो लागत, र बेरोजगारीबाट प्रवाहित भएको हान्केले जनाएको छ ।

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।