गत साता ४ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

May 28, 2023 06:30 AM Merolagani



गत साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। अघिल्लो साता १८७७.३२ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.३६ प्रतिशत अर्थात ८१.८० अंक बढेर १९५९.१२ विन्दुमा पुगेको छ।

बजार खुलेका ४ कारोबारमध्ये सबै कारोबार दिन नेप्से बढेर बन्द भएसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।

प्रतिरोध क्षेत्र नजिक

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हालको लागि नेप्सेको प्रतिरोध क्षेत्र १९८० देखि २०१५ को क्षेत्र रहेको छ। यस क्षेत्रमा नेप्सेले कयाैँ पटक प्रतिरोधको सामना गरेर तल झरिसकेको छ। यस साता नेप्से सो क्षेत्रलाई तोडेर उकालो लागेमा २२०० देखि २२२५ को क्षेत्रमा सामना गर्ने देखिन्छ। त्यसैगरी, १९८० देखि २०१५ को क्षेत्रमा प्रतिरोधको सामना गरी नेप्से ओरालो लागेमा १८०० देखि १८३५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। पछिल्लो समय नेप्सेले सोही क्षेत्रमा टेवा पाई उकालो लागेको हो।

खरिदकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन नेप्सेले लामो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिभरमा बिक्रीकर्ता हाबी भएपनि अन्तिम समयमा भने खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्सेको वृद्धिलाई गत साता भोल्यूमले पनि साथ दिएको छ। गत साता दैनिक औषतमा १ अर्ब ७४ करोडको शेयर कारोबार भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ९४ करोड ३२ लाख रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८५.१० प्रतिशत बढी हो। भोल्यूमले साथ दिएको नेप्सेको वृद्धिलाई दिगो मानिन्छ।

सकारात्मक क्षेत्रमा एमएसिडी

गत साताको अन्तिम कारोबार दिन नेप्सेको एमएसिडी रेखा शून्य रेखा र सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दै गइरहेको छ। यसले बजारले विस्तारै बुलिश लय समातेको संकेत गर्दछ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा पुगेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।