सबिल खान बने "योङ्गेष्ट सीईओ अफ द इयर एसिया"

Jun 01, 2023 11:47 AM Merolagani



अरबेन्स नेपाल र रिल्याक्स नेपालका प्रमुख कार्यकारी अधिकृत सबिल खानले ‘आइकन अफ एसिया अवार्ड २०२३’ जितेका छन् । उक्त अवार्ड दुबईको होटल क्राउन प्लाजनामा कार्यक्रम आयोजना गरेको वितरण गरिएको थियो ।

उक्त अवार्डका लागि ४२ देशका विभिन्न कम्पनीबाट सहभागी भएका थिए । नेपालबाट विभिन्न कम्पनीका २५ जनाले अवार्डमा भाग लिएका थिए । उक्त अवार्ड खानको हातमा परेको हो ।

यसका लागि कार्यालयमा नेतृत्व लिन सक्ने क्षमता, सम्पूर्ण टिमलाई परिचालन गर्न सक्ने क्षमता लगायतका मापदण्ड तोकिएको थियो ।

अवार्ड वितरण समारोहमा दुबईको परराष्ट्र मन्त्रालयका केएल गन्जुले उद्यमशिलताका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।

अवार्ड जितेपछि खानले आयोजकलाई धन्यवाद दिँदै आफु अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । आफ्नो लगनशिलता र मिहेनतका कारण उक्त सम्मान प्राप्त गरेको उनको भनाई छ ।

 




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।