पत्ता लाग्याे २७५ जनाकाे ज्यान जाने गरी भएकाे ओडिशा रेल दुर्घटनाकाे कारण

Jun 04, 2023 06:47 PM Merolagani

ओडिशामा भएकाे रेल दुर्घटना भएकाे २ दिन बितिसकेकाे छ । शुक्रबार साँझ भएकाे बालासाेर रेल दुर्घटनामा मृत्यु हुनेकाे संख्या २७५  पुगेकाे ओडिशा सरकारले जनाएकाे छ ।  

यसैबीच दुर्घटनाको कारण पत्ता लागेको छ । रेल मन्त्री अश्विनी वैष्णवले इलेक्ट्रोनिक इन्टरलकिङ परिवर्तनका कारण दुर्घटना भएको खुलासा गरेका छन् । रेल मन्त्रीले दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरुको पनि पहिचान भइसकेको छ ।  उनले लगातार दोस्रो दिन ओडिशाको बालासोर रेल दुर्घटना स्थलमा चलिरहेको मर्मत कार्यको निरीक्षण गरेका छन्। यस क्रममा उनले रेल दुर्घटनाको कारण पनि बताए । उनले यस विषयमा रेलवे सुरक्षा आयुक्तले अनुसन्धान गरिरहेको बताए ।

प्रधानमन्त्री नरेन्द्र माेदीले शनिबार दिएको निर्देशनमा काम तीव्र गतिमा भइरहेको बताए । हिजो राति ट्र्याकको काम लगभग सकियो। आज एक ट्र्याक पूर्ण रूपमा मर्मत गर्ने प्रयास हुनेछ। सबै बक्सहरू हटाइएका छन्। मृतकहरुको शव बाहिर निकालिएको छ । काम द्रुत गतिमा भइरहेको छ । बुधबार बिहानसम्म सामान्य रुट सञ्चालनमा ल्याउने प्रयास भइरहेको समेत उनले बताए ।

हालसम्म २७८को मृत्यु 

ओडिशाको बालासोरको बहनगा बजारमा शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २७८ पुगेको छ भने एक हजार १७५ घाइते अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ७९३ जना डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये ७९३ जना निको भइसकेका छन् भने ३८२ जनाको उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । रेलवेले मृतकका आफन्तलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र अन्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा कोरोमण्डल एक्सप्रेस बहनगा बजार स्टेसन अगाडि मेनको सट्टा लुप लाइनमा गएको थियो र त्यहाँ पहिले नै रोकिएको मालगाडीसँग ठोक्किएको थियो । स्रोतका अनुसार प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा कोरोमण्डल एक्सप्रेसका लागि अप मेनलाइन सिग्नल दिइएको थियो र पछि हटाइएको थियो । जसका कारण रेल लुप लाइनमा प्रवेश गरेको थियो । मालगाडीसँग ठोक्किएपछि यसका केही डिब्बा पटरीबाट खसेका थिए । यसैबीच, बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेस डाउन मेन लाइनबाट हट्याे र यसको दुई डब्बा लिगबाट खसेको कोरोमण्डल एक्सप्रेसको एक कोचलाई ठक्कर दिएपछि पल्टियो।

१२८ किलोमिटरको गतिमा थियाे रेल, २,५०० भन्दा धेरै यात्रु

कोरोमण्डल एक्सप्रेस १२८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरहेको थियो । बैंगलोर–हावडा सुपरफास्ट एक्सप्रेस ११६ किमी प्रतिघण्टाको गतिमा दौडिरहेको थियो ।

दुवै रेलमा २ हजार ५०० भन्दा धेरै यात्रु सवार थिए । दुर्घटना पछि, एक हजार ५०० अलपत्र यात्रुहरूलाई विशेष रेलहरूद्वारा गन्तव्यमा पुर्‍याइएको थियाे। शनिबार, एक हजार यात्रुहरूलाई हावडा ल्याइएकाे थियाे। यसैगरी, २०० यात्रुहरूलाई बालासोरबाट अर्को रेलबाट हावडा ल्याइएको छ। २५० यात्रुहरू भद्रक देखि चेन्नई एक विशेष रेलमा ल्याइएकाे थियाे। जसमध्ये १३३ यात्रु चेन्नई, ४१ विशाखापट्टनम र बाँकी अन्य सहरमा पुर्याइने भारतीय संचारमाध्यमले जनाएका छन् ।

२०० एम्बुलेन्स, दुई वायुसेना हेलिकप्टर तैनाथ

दुर्घटनास्थलमा एक हजार २०० कर्मचारी, २०० एम्बुलेन्स, ५० बस र ४५ वटा मोबाइल हेल्थ युनिटले काम गरिरहेका छन् । IAF ले गम्भीर घाइते यात्रुहरूलाई बाहिर निकाल्न डाक्टरहरूको टोलीसँग दुई  Mi-I हेलिकप्टरहरू तैनाथ गरिएको थियो।

कसरी भयाे दुर्घटना ?

बहनगा स्टेसनसम्म पुग्ने दुईवटा रेलबीच ३ घण्टाको अन्तर थियो । तर ती दुवै रेल एकै समयमा त्यहँ पुगे । १२८६४ नम्बरकाे बेंगलुरु - हावडा सुपरफास्ट एक्सप्रेस बेंगलुरुको यशवंतपुर स्टेशनबाट जुन १ मा बिहान 7:30 बजे हिँडेकाे थियाे। उक्त रेल जुन २ मा राति ८ बजे हावडा पुग्नु पर्थ्याे । तर निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो हुँदा साढे ६ बजे रेल भद्रक पुगेको थियो । यसैगरी, अर्को स्टेशन बालासोर थियो । ४ घण्ट ढिलाइ हुँदा बालासाेरमा रेल ७ बजेर ५२ मिनेटमा पुग्ने निर्धारण गरिएकाे थियाे । 

जबकि रेल नम्बर १२८४१ शालीमार-चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस हावडाबाट जुन २ मा दिउँसो ३ बजेर २० मिनेटमा हिँडेको थियो। यो रेल जुन ३मा ४ बजेर ५० मिनेट जाँदा चेन्नई सेन्ट्रल पुगेकाे थियाे भने बेलुकी ६ बजेर ३७ मिनेटमा बालासोर पुग्यो। अर्को स्टेशन भद्रक थियो जहाँ रेल बेलुकी ७ बजेर ४० मिनेटमा पुग्नु पर्ने थियो तर बेलुकी ७ बजेतिर दुवै रेल अचानक बहनगा बजार स्टेशन नजिकै आमनेसामने हुँदा दुर्घटना भएको थियो ।

एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।