प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Jun 08, 2023 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.६८ अंक बढेर १९३२.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०६ अंक बढेर १९३३.४० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५१ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा २४ स्टकको २ लाख ६९ हजार ४३७ रुपैयाँ ७० पैसाबराबरको ५६६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।