माेबाइल व्यवसायीले भने - एमडिएमएस लागू भएपछि माेबाइलकाे मूल्य बढ्दैन

Jun 11, 2023 02:01 PM MEROLAGANI



माेबाइल आयातकर्ता व्यवसायीले माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएपछि माेबाइल फाेनकाे मुल्य नबढ्ने बताएका छन ।

आइतबार एमडिएमएसकाे बिषयमा आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा यस्ताे बताएका हुन । व्यवसायीले उक्त कार्यक्रममा एमडिएमएस लागू भएपछि राज्यले बार्षिक चार अर्ब रूपैयाँ बढाउने बताए । याे सिस्टम कार्यान्वयनमा आएसँगै बजारमा माेबाइलकाे मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएकाे भन्दै माेबाईल आयातकर्ता संघ नेपालका अध्यक्ष दिपक मल्हाेत्राले सजग रहनुपर्ने बताए ।

अवैध मनेबाइल आयातले जेन्युन माेबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएकाे समेत बताए । अब भने अवैध माेबाइलकाे अायात घट्ने जानकारी दिए । त्यस्तै चाेरि भएका फाेन सजिलै खाेज्न सकिने व्यवसायीले बताए । जेठ १ गतेपछि एमडिएमएसका कारण व्यवसाय तङग्रिन लागेकाे मल्हाेत्राले बताए ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।