अब लाइसेन्सको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने, गण्डकी प्रदेशबाट सुरु भयो सेवा

Jul 05, 2023 03:22 PM Merolagani



अब सवारी अनुमति पत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । 

सवारीचालक अनुमति पत्रको नयाँ प्रणाली कार्यान्वयनमा आएको एक बर्षपछि यो सेवा सुरु भएको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यक्रम गर्दै सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सुरु गरेको हो ।

यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर आइसेन्सको अनलाइन भुक्तानी सुरु गरेका छन् ।

मन्त्रालयका अनुसार यो सेवा पहिलो चरण गण्डकी प्रदेशबाट सुरु भएको छ । एक महिना भित्र बागमतीलगायत सबै प्रदेशमा सुरु हुने जनाएको छ ।

यो सेवा सुरु भएसँगै अब सवारीचालक अनुमति पत्रका लागि राजस्व भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।