सहकारी संस्थाबाट ठगिएका बचतकर्ताहरू जेठ २० गतेदेखि धर्ना गरिरहेका छन् ।आज बिहान सहकारी पीडितहरूले सिंहदरबार घेराउ गरेका थिए । यसैगरी, उनीहरूले नयाँ बानेश्वरमा रहेकाे सहरकारी विभागमा पनि ताला लगाएका थिए ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर सडकमा प्रदर्शन गरेका हुन् ।