मिटरब्याजीले हडपेको ४१ विघा ८ कठ्ठा ११ धुर जग्गा ऋणीले फिर्ता पाए

Jul 16, 2023 07:04 PM Merolagani



मिटरब्याजीले हडपेको ४१ विघा ८ कठ्ठा ११ धुर जग्गा ऋणीले फिर्ता पाएका छन् । मिटरब्याजकाे जाँचबुझ आयोगले काम सुरु गरेको डेढ महिनामा ऋणीलाई जग्गा फिर्ता गराएकाे हाे ।

आइतबार आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म साहुबाट ऋणीलाई सो जग्गा फिर्ता गराइएको उल्लेख गरिएकाे छ । अध्यक्ष गौरीबहादुर कार्कीले विभिन्न जिल्लामा साहुहरुबाट अदालतको फैसलाबाट जितेका, साहु वा उनका मान्छेका नाममा ऋणी आसामीबाट राजीनामा पास गराएका, बन्धकीलगायत जग्गा पीडित ऋणीलाई फिर्ता गराइएकाे बताएका छन् ।

२०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म आयोगले पीडितबाट निवेदन संकलन गरेको थियो । त्यसपछि मेलमिलापबाट समस्या समाधानको पहल गरिएकाे थियाे ।

आयोगमा हालसम्म मिटरब्याजबाट पीडित भएको भन्दै करिब २४ हजार उजुरी परेको छ । तीमध्ये मधेशका ८ जिल्लाकै १८ हजार भन्दा बढि उजुरी रहेका छन् । तीमध्ये डेढ महिनामा एक हजार ८८२ वटा निवेदन मेलमिलापबाट समस्या समाधान गरिएको कार्कीले बताएका छन् ।

ती उजुरीमा मिटरब्याज पीडितले ८९ करोड ८० लाख १४ हजार ४७३ रुपैयाँको खास लेनदेन भएको बताएका थिए भने साहुहरुले एक अर्ब ७१ करोड २८ लाख ८२ हजार ७९६ रुपैयाँ साँवाब्याज असुल्न पर्ने माग राखेका थिए । अहिले ऋणीले ५६ करोड ७४ लाख ४७ हजार ४७० रुपैयाँ तिर्ने गरी दुबै पक्षबीच सहमति गराइएको छ ।

 




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।