सुदूरपश्चिमको धनगढीमा केन्द्रिय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सम्पत्ती बीमालेख बिक्री गर्दै बिहीबार देखि व्यवसायिक कारोबार थाल्ने भएको हो ।
यससँगै लघु बीमा कम्पनीहरुको संख्या चार पुगेको छ । यस अघि कोशी प्रदेशको विराटनगरबाट गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, बागमति प्रदेशको चितवन, भरतपुरबाट नेपाल माइक्रो इन्स्योरेन्स र कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरबाट क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरिसकेका छन् ।
यससंगै प्राधिकरणले लाइसेन्स वितरण गरेको चार वटै कम्पनीले आफ्नो व्यवसायिकक कारोबारको थालनी गर्न सफल भएका छन् । तर प्राधिकरणबाट आशयपत्र पाएपनि लिबर्टी माइक्रो लाइफ, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने हालसम्म पूँजी जुटाउन सकेका छैनन् ।