यस साता ५ कारोबार दिनमध्ये ३ दिन नेप्से परिसूचक बढेर बन्द भएको छ भने २ कारोबार दिन घटेर बन्द भएको थियो। यद्यपि, सो तीन कारोबार दिनका वृद्धिदर भने न्यून रहेको छ।
यस साता सेन्सेटिभ इण्डेक्स ४.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंक घटेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस साता १ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४१.४८ प्रतिशत घटेको हो। यस साता दैनिक औषत कारोबार संख्या २९.६८ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या ३९.४९ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १.७१ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ घटेर ३० खर्ब ७१ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड, बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक बढेको हो। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ०.९४ प्रतिशत बढेको छ।
यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशत घटेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक ४६३.९४ अंक घटेको छ।

यस साता दुई स्टकको कुल ४ करोड ९६ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ। यस साता सिईडिबी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ८.७९ प्रतिशत बढेको छ। कारोबारमा आएको प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य यस साता सर्वाधिक १५.३१ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता समता घरेलु लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो इनर्जी लगायतका स्टक मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यसैगरी, यस साता हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर लगायतका स्टक मोस्ट पपुलर सेल स्टक सूचीकाे शीर्ष स्थानमा रहेका छन्।

