ज्ञानेन्द्र मल्लले गरे सन्यास लिने घाेषणा

Aug 04, 2023 02:53 PM Merolagani



नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अब अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भएका छन् । मल्लले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूले सन्यास लिएकाे घाेषणा गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाएर  फरक यात्राको सुरूवात गर्ने  निर्णय गरेका हुन् ।

उनले सन् २००५ देखि उमेर समुहको क्रिकेट खेल्न सुरु गरेका थिए । मल्लले यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका थिए । उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । सन् २००९ मा पारस खड्का क्रिकेट टाेलीकाे कप्तान भएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका भएका थिए । २०२३ मा जिम्बावेकाे हरारे मैदानमा मल्लले आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका थिए। 




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।