हालै मात्र एकिकृत कारोबार शुरु गरेको लक्ष्मी सनराइज बैंकको वित्तीय अवस्था कस्तो?

Aug 06, 2023 05:34 AM Merolagani



गत असार २९ गतेदेखि एकिकृत कारोबार शुरु गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५८.८९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ।

२१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११२.३० प्रतिशत बढेको छ भने कर्जा लगानी १००.१३ प्रतिशत बढेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।