लघुवित्तको शेयर १०० रुपैयाँभन्दा कम !!

Aug 08, 2023 12:32 PM Merolagani



दोस्रो बजारमा एक लघुवित्तको शेयर १०० रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेको छ। सर्वसाधारणलाई शेयर बिक्री गरेको तीन वर्षपछि कारोबारमा आएको समाज लघुवित्तको शेयर आधार मूल्य भन्दा कम मूल्यमा दोस्रो बजारमा कारोबार भइरहेको हो।

साउन २३ गते, मंगलबार समाज लघुवित्तको शेयर प्रतिकित्ता ६४ रुपैयाँ ८० पैसामा कारोबार भएको छ। गत शुक्रबार अर्थात साउन १९ गते बोनस शेयर समायोजन भइ ६५ रुपैयाँ ५६ पैसा कायम भएको यस लघुवित्तको शेयरमूल्य यस दिन १.१६ प्रतिशत अर्थात ७६ पैसा घटेर ६४ रुपैयाँ ८० पैसामा कारोबार भएको छ। नेप्सेले गत बिहीबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यस लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको थियो।

अंकित मूल्यभन्दा कम मूल्यमा कारोबार भएपनि मार्केट डेप्थमा भने उल्लेख्य बाइ अर्डर देख्न सकिन्छ। यस समाचार तयार पार्दा सम्ममा १ लाख ८३ हजार कित्ताभन्दा बढी शेयर बाइ अर्डर छ। लगानीकर्ताले ६६ रुपैयाँ ८० पैसासम्म बाइ अर्डर देख्न सकिन्छ। सो मूल्यमा २३ हजार ७६३ कित्ता माग गरिएको छ।

लघुवित्तको शेयर कारोबार लामो समयदेखि रोक्का रहेको थियो। आईपीओ बाँडफाँट गरी दोस्रो बजारमा कारोबारमा आउनभन्दा अगाडि नै स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेकोले यस लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो। यी दुई लघुवित्तहरुको मर्जर सफल हुन नसकेपछि समाज लघुवित्तको शेयर कारोबार खुल्न सकेन।

स्वस्तिक लघुवित्तले एकीकृत कारोबार पनि नगर्ने र मर्जर सम्झौता भङ्ग पनि नगर्दा समाज लघुवित्तको शेयर कारोबारमा बाधा पुगेको लघुवित्तको भनाई छ। करिब ३ वर्षपछि मर्जर प्रक्रिया भङ्ग भइ गत साउन १ गते पहिलो पटक लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार भएको थियो। यद्यपि, पहिलो कारोबार भने ७२ रुपैयाँ १० पैसामा भएको थियो। ओपनिङ्ग रेञ्जको न्यून मूल्यमा पहिलो कारोबार भएको र बोनस शेयर समायोजनले घटेको यस लघुवित्तको यस दिन झन घट्न पुगेको छ।

लघुवित्तले २०७७ साल भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका प्रतिकित्ता लागि ८० हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । सोही वर्षको असोज ८ गते, बिहीबार लघुवित्तको २ लाख किता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारको लागि लघुवित्तलाई न्यूनतम ७२ देखि २०६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।