गत साता १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Aug 13, 2023 06:45 AM Merolagani



गत साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २०८९.८४ विन्दुमा बन्द भएको नेप्से, गत साता १.१४ प्रतिशत अर्थात २३.७९ अंक घटेर २०६६.०५ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो। सो साताको पहिलो ३ कारोबार दिन नेप्से बढेको थियो भने बाँकी दुई कारोबार दिन घटेको थियो।

 

मनोवैज्ञानिक टेवा विन्दुबाट फर्कियो

गत साता नेप्से परिसूचक २००० को मनोवैज्ञानिक टेवा विन्दुलाई छोएर फर्किएको छ। गत साताको बुधबारको कारोबार अवधिमा नेप्सेले सो विन्दुमा छोएको थियो। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा १९६० देखि १९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

कमजोर भोल्युम

गत साता नेप्से परिसूचकसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब १६ करोडको शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ५५ करोड थियो। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १५.२९ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखा र शून्य रेखा दुबैभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले हाल नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टककास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।