नाफासँगै घट्यो एनआरएन इन्फ्रास्ट्रक्चरको प्रतिशेयर आम्दानी

Aug 16, 2023 05:16 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.६१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको लगानी आम्दानी बढेपनि वित्तीय आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको लगानी आम्दानी ४४६.३८ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २६.१३ प्रतिशत घटेको छ। यससँगै कम्पनीको कुल आम्दानी १४.१५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १८.८३ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३२.८५ गुणा रहेको छ।

१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।