मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा करिब १४ लाखको आवेदन, ६.८० गुणा बढी शेयर माग

Aug 16, 2023 05:19 PM Merolagani



मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आज अन्तिम दिनसम्ममा करिब १४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०६ बजेसम्ममा १३ लाख ९५ हजार ७० आवेदकबाट १ अर्ब ५४ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ९३ हजार ४३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको २२ लाख ७६ हजार ६२० कित्ता शेयरको ६.८० गुणा बढी हुन आउँछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख २७ हजार ६६२ जनाले मात्रै शेयर पाउनेछन् ।

कम्पनीले प्रबर्द्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।