यस साता बैंकको शेयरमूल्य ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन १७९ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयरमूल्य, यस साता बढेर १७९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।
अन्योलमा लगानीकर्ता
साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले डोजी आकृति बनाएको छ। यसले सो दिन बजारमा लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा पनि बैंकको शेयरमूल्यले डोजी जस्तै मैनबत्ती बनाएको छ।
टेवा क्षेत्रमा टेकेर उक्लियो
गत साताको बुधबार बैंकको शेयरमूल्य टेवा क्षेत्रमा टेकेर उक्लिएको छ। सो दिन कम्पनीको शेयरमूल्य १७७ रुपैयाँसम्म झरेको थियो। हाल बैंकको सपोर्ट जोन १७० देखि १७७ सम्म रहेको छ। आगामी साता बैंकको शेयरमूल्य उकालो लागेमा १९० देखि १९५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

कमजोर भोल्यूम
यस साता बैंकको मूल्य सामान्य बढेपनि भोल्यूम भने घटेको छ। यस साता बैंकको दैनिक औषतमा ८० हजार २०८ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम १ लाख ४० हजार ९९३ कित्ता थियो। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४३.११ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति
यस साता बैंकको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै शून्य रेखाभन्दा तल रहेको छ। त्यसैगरी, बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा पनि तल रहेको छ। यसले बजारमा बैंकको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा
यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१४ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशत बढेर १२ अर्ब २७ करोड ५८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १८.६४ प्रतिशत बढेको छ।
खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि खराब कर्जा बढेपछि बैंकको नाफामा केही दबाब परेको छ। अघिल्लो वर्ष १.४९% रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४.३५% पुगेको छ। जसका कारण बैंकले इम्पेरमेन्ट चार्जमा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४६ पैसा मात्र रहेको छ। ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५९ पैसा रहेको छ भने बुकभ्यालु १७० रुपैयाँ ४८ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात १४.२९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.०६ गुणा रहेको छ। बैंकको आरओई ७.३८ प्रतिशत रहेको छ।

आधारभूत अवस्था
बैंकको हाल ३४ करोड १२ लाख ८५ हजार ९५० कित्ता शेयर नेप्सेमा सूचीकृत छ। बिहीबार बैंकको शेयर प्रतिकित्ता १७९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। त्यसअनुसार बैंकको कुल बजार पूँजीकरण ६१ अर्ब ३९ करोड ७३ लाख ४२ हजार ४०५ रुपैयाँ रहेको छ। बैंकको पछिल्लो १८० दिनको औषत मूल्य १८५ रुपैयाँ १८ पैसा रहेको छ। त्यसैगरी, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २३२ रुपैयाँ २० पैसा रहेको छ भने न्यून मूल्य १७० रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर नम्बर २५ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर २५ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको ५६ हजार ५३० कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर २८ ले ४८ हजारभन्दा बढी शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर १७ ले बैंकको सबैभन्दा बढी ३२ हजार कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर कम हुँदै
‘फियर एण्ड ग्रीड’ मिटरमा बैंक अहिले ‘फियर’ जोनमा रहेको छ। यसले बैंकको शेयरमूल्य घट्छ भन्ने डर विस्तारै कम हुँदै गएको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)