सातामा करिब साढे २३ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्याे?

Sep 02, 2023 06:20 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे २३ अंक घटेको छ। गत साता २०१३.९३ विन्दुमा बन्द भएको नेप्से, यस साता २३.३४ अंक अर्थात १.१६ प्रतिशत घटेर १९९०.५९ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ३.८५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ४५ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ६ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.७८ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १८.३८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.३६ प्रतिशत घटेको हो।

यस साता परिसूचकसँगै कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १.१६ प्रतिशत अर्थात ३५ अर्ब रुपैयाँ घटेर २९ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। गत साता २८७३.६३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३३.७२ अंक बढेर २९०७.३५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ।

कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक २.६५ प्रतिशत घटेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३९.६५ अंक घटेको छ।

यस साता तीन कम्पनीको २१ करोड ८७ लाख २ हजार ३७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो भने महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ।

यस साता सिटि होटलको शेयरमूल्य सर्वाधिक ११.५० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य करिब ७ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १४.३१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ८ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नबिल इक्विटी फण्ड, मन्दाकिनी हाइड्रोपावर आरएसडिसी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीकाे शीर्ष स्थानमा रहेका छन् भने नेष्डो समृद्ध लघुवित्त, नेपाल दूरसञ्चार कम्पनी, सिन्धु विकास बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।