सपोर्ट जोन नजिक स्ट्याण्डर्ड चार्टर्ड बैंक, हेरौँ कम्पनी विश्लेषण

Sep 02, 2023 06:02 PM Merolagani



यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.५४ प्रतिशत घटेको छ। गत साता १२६९.६० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६.८० अंक घटेर १२६२.८० विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक स्टक हो, स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB)।

 यस साता बैंकको शेयरमूल्य स्थिर रहेको छ। गत साताको अन्तिम कारोबार दिन ५६० रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साताको बिहीबार पनि सोही मूल्यमा अन्तिम कारोबार भएको छ।

सपोर्ट जोन नजिक

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य सपोर्ट जोन नजिकै रहेको छ। हाल बैंकको सपोर्ट जोन ५३७ देखि ५५० सम्म रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ६२० देखि ६४० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बैंकको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले साप्ताहिक रुपमा बैंकको शेयरमा खरिदचाप बढी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता बैंकको शेयरमूल्य स्थिर रहेपनि भोल्यूम भने कमजोर रहेको छ। यस साता बैंकको दैनिक औषतमा २० हजार ३१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ३५ हजार २५४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४३.१८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ र यी दुई बीचको दूरी बढीरहेको छ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले बैंकको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४८.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २५.३७ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १४.९८ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.६२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको ९ करोड ४२ लाख ९४ हजार ५४० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ५३० रुपैयाँ ८३ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ५८२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३८७ रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ५२ अर्ब ८० करोड ४९ लाख ४२ हजार ४०० रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ६५ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ६५ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको २५ हजार १५४ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ३९ ले सो साता बैंकको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। ब्रोकरले बैंकको ९ हजार २६१ कित्ता शेयर बिक्री गरेको छ।

शेयरमूल्य बढ्ने आशा

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले न्यट्रल जोनबाट ग्रिड जोनमा उक्लिएको छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)