पश्चिमी देशको शेयर बजारमा सटर्टम शेयर ट्रेडिङ गर्नेहरु मध्ये निकै थोरै मानिस मात्र सफल देखिन्छन : रजिष्टर्ड ट्याक्स एजेन्ट तथा सिपिए बेल्वासेको विचार

Sep 04, 2023 06:38 PM Merolagani

चुरामणि बेल्वासे

शेयर ट्रेडिङ कता कता यो पैसा कमाउने एउटा ब्यापारको रुपमा स्थापित हुनुको सट्टा लतको रुपमा विकास भएको पाइन्छ । उदाहरणको लागि परिवारको एउटा मेम्बर शेयर ट्रेडिङमा लागेकै कारणले अर्को मेम्बरले आफ्नो बैंक खाताको एक्सेस नै बन्द गरेका घटनाहरु देख्न र सुन्नमा आइरहन्छन ।

केही समय पहिला जब शेयर ट्रेडिङ सम्बन्धी एकदमै कम जानकारी थियो । एकजना फरासिला मित्रसँग परिचय भयो । कुरैकुरामा के गर्नु हुन्छ भन्दा शेयर ट्रेडिङ सम्बन्धी क्लास दिन्छु भन्नु भयो । शेयर बजार सम्बन्धी भटटट घन्टौ कुरा गर्न सक्ने । यो पनि हो जस्तो लाग्ने, उ पनि हो जस्तो लाग्ने । मान्छे त राम्रै भेटिए जस्तो लाग्यो । मित्रता बढ्दै गयो । केही समय पछि छोटो समयको लागि अलिकति पैसा सापट चाहिएको कुरा गर्नु भयो । सहर्ष दिइयो, त्यसदिन देखि सम्पर्क पातलो हुदै २–३ हप्ता पछि गायब ! पछि खोजतलास गर्दै जादा पैसाको मामलामा म जस्तै थुप्रै भिक्टिम भइसक्नु भएको रहेछ । थप खोजतलास गर्दा पो थाहा भयो महाशय त शेयर ट्रेडिङ सुरु गरेपछि जागिर पनि छोड्नु भएछ र भएको सबै गुमाएपछि गुरु बन्नु भएकाे रहेछ । त्यति मात्र होइन अलिकति पैसा कतैबाट जुट्यो की पुरानो घाटा उठाउने आशमा शेयरमा हाली हाल्नु हुने रहेछ । यहाँ नेर शेयर ट्रेडिङ सबै दृष्टिकोणबाट खराब नै हो भन्न खोजेको होइन तर एडिक हुनु भएन । जोखिम सबै व्यवसायमा हुन्छ तर क्यालकुलेटेड र वियरेवल हुनुपर्यो भन्न खोजिएको मात्र हो ।

मुख्यकुरा शेयर ट्रेडिङले कसरी काम गर्छ त भन्ने थाहा हुनु पर्यो । बास्तविक के हो त भन्दा बिशेष गरी पश्चिमी देशको शेयर बजारमा सटर्टम शेयर ट्रेडिङ गर्नेहरु मध्ये निकै थोरै मानिस मात्र सफल देखिन्छन् । जो सफल छन् उनीहरुले आफुलाई बिभिन्न इन्ट्रुमेन्टहरुको प्रयोग गरी सुरक्षित किसिमले जोखिमलाई डाइभर्सिफाइ गरेर सेफ साइडमा बसेर मात्र शेयर ट्रेडिङ गर्ने गर्छन । उनीहरुले इमोसनल ट्रेडिङ नगरेर डिसिप्लेन्ड र स्ट्राटेजिकल शेयर ट्रेडिङ गर्छन । ऊनीहरुसँग प्रशस्त ब्याकअप प्लानहरु हुन्छन ।

बिषेश गरी तपाई हामी जस्तो ब्यक्तिले शेयर ट्रेडिङ गर्दा डिसिप्लेन्ड र स्ट्राटेजिकल ट्रेडिङ किन जरुरी छ त भन्दा अहिलेको शेयर मार्केट म्यानुअल मात्र नभएर करिब ९० प्रतिशत कारोबारहरु निकै कम्लिकेटेड र सोफिष्टिकेटेड अल्गोरिदममा आधारित अटोरन सिष्टमबाट हुने गर्दछन् ।

यसको मतलब बढ्न लागे पछि किन्ने र घट्न लागे पछि बेच्ने हो । शेयर बजारमा विश्वव्यापी र मुलुक भित्रैका डाटा एवं घटना, समाचारहरुको प्रभाव र बिभिन्न इन्ट्रुमेन्टहरुको एक्सरसाइजको प्रभाब यति छिटो पर्छ कि हामीले थाहा पाउदा नपाउँदै र कदम चाली नसक्दै टु लेट भइसकेको हुन्छ र यसैबेला हो Stuck हुने र सम्भबत wipe out हुने । फूल टाइम जागिर नै यहि भएका ठूला ठूला दिग्गज दिग्गज कर्पोरेट फण्ड म्यानेजरहरु समेत सोफिष्टिगेटेड जडित रोबर्ट सिग्नलहरु प्रयोग गर्दा पनि कहिले काँही चिप्लिने गर्छन । उनीहरुको एभरेज टाग्रेट भनेको ८–१० प्रतिशत हुन्छ ।

त्यसकारण माथि भनिएझै आफु एकदमै अपटुडेट हुन सकिने स्थिती छैन । प्लान अनुसार चल्न सक्ने स्थिती छैन,रिक्स डाइभर्सिटी गर्न सकिने इन्ट्रुमेन्टहरुको प्रयोगको ज्ञान छैन भने ट्रडिङको लागि ट्रडिङ गरेर मात्र सफल भइदैन। बिना प्लान, बिना नलेज शेयर ट्रेडिङ गर्नु भनेको चिप्लो भिरमा हिडेको जस्तै हो एकदिन झुक्याउँछ र थुप्रै समय लगाएर बचाएको छिन भरमै स्वहा हुन पनि सक्छ ।

त्यसोभए शेयरहरु हेर्दै नहेर्ने र किन्दै नकिन्ने त ?

हेर्ने र किन्ने पनि, तर आफुलाई पुरा ज्ञान छैन अथवा नियमित रुपमा अपडेट हुने फुर्सद छैन र आफुलाई प्रोटेक्ट गर्ने इन्ट्रुमेन्टहरुको उपयोगको बारेमा राम्रोसँग थाहा छैन भने शेयर ट्रेडर होइन शेयर इन्भेष्टर्स बन्ने । यसको लागि पनि जुन कम्पनीको शेयर किन्ने हो त्यसको लङटर्म कन्सिटेन्ट परर्फमेन्स,ब्यालेन्सिट, क्यास फ्लो, दीर्घकालीन स्ट्राटेजी आदिको बारेमा पूरा चेक अप गरेर मात्र किन्ने,अनि लाभांश दिने शेयरहरुमा आँखा बढी लगाउने । किनकी लाभांश दिने कम्पनीहरु एकहदसम्म सुरक्षित मानिन्छन, कारण नाफा कमाएर कर तिरेको हिस्साबाट मात्र लाभांश बाँड्न पाइन्छ ।

अर्को कुरा कुनैपनि शेयर एक बर्ष भन्दा बढी होल्ड गरेर बेचियो भने आएको फाइदाको क्यापिटल गेनको नियम अनुसार ५० प्रतिशतको मात्र कर तिरे पुग्छ । दिनदिनै शेयर किनबेच गर्दा फाइदाको ट्रेडिङ  पर्फिटको नियम अनुसार पुरैको कर तिर्नु पर्ने हुन्छ ।

अझ साच्चिकै भन्नु पर्दा रिटाएरमेन्ट उमेरको लागि राम्रो कम्पनीहरूको लाभांश दिने खालको शेयरहरूमा लगानी गर्न सकियो भने त लाभांशबाट क्यास फ्लो पनि हुने,डिभिडेन्ट भएकोले करमा राहत पनि हुने । थोरै थोरै पैसा आवश्यक पर्दा पुर्याएर जति चाहियो त्यति बेचेर क्यासमा कन्भर्ट गरेर काम चलाउन सकिने हुँदा इन्भेष्टमेन्ट इन प्रोपर्टी भन्दा इन्भेष्टमेन्ट इन शेयर बढी Handy र प्रटिकल अप्सन हुन सक्छ । यतिभन्दै गर्दा इन्भेष्टमेन्टको हिसाबले किनिने शेयर पनि कहिले किन्ने बिचार गर्नै पर्नै हुन्छ ।

(लेखक बेल्वासे अष्टेलियामा रजिष्टर्ड ट्याक्स एजेन्ट तथा सिपिए हुन्)

comments powered by Disqus