डलरको भाउ हालसम्मकै उच्च, चाडपर्वमा रेमिट्यान्स पठाउनेलाई फाइदा, आयात महँगिने

Sep 08, 2023 10:44 AM Merolagani



अमेरिकी डलरको भाउ हालसम्मकै उच्च् विदुमा पुगेको छ। नेपाल राष्ट्र बेंकको तथ्याँक अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। यो हासम्मकै महँगो हो।

बिहीबार डलरको भाउ १३३ रुपैयाँ ३२ पैसा थियो। शुक्रबार १२ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।