५२ हप्ताको न्यूनतम मूल्यमा हिमाल दोलखा हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Sep 09, 2023 06:07 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक ४.६५ प्रतिशत घटेको छ। गत साता २०३७.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९४.६७ अंक घटेर १९४३.०४ विन्दुमा झरेको छ।

यसै उपसमूह अन्तर्गतको एक कम्पनीको हो हिमाल दोलखा हाइड्रोपावर कम्पनी (HDHPC)। यस कम्पनीको शेयरमूल्य यस साता समग्रमा ८ रुपैयाँ घटेको छ। गत साताको अन्तिम कारोबार दिन १३६ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस साता १२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस साता कम्पनीको ७५ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म १ बराबर ०.७५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर यस साता नेप्सेमा सूचीकृत भएको हो।

५२ हप्ताको न्यूनतम मूल्यमा कारोबार

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले ५२ हप्ताको न्यूनतम मूल्य बनाएको छ। यस साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य १२७ रुपैयाँ ७० पैसासम्म कारोबार भएको थियो। सो नै कम्पनीको पछिल्लो ५२ हप्ताको न्यून मूल्य रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा १०५ देखि ११० को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यस्तै उकालो लागेमा भने १३० देखि १३५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसका साथै साप्ताहिक रुपमा पनि कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती नै बनाएको छ। यसले सो दिन कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

कम्पनीको शेयरमूल्यसँगै यस साता भोल्यूम पनि घटेको छ। यस साता कम्पनीको दैनिक औषतमा २६ हजार ५३५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ३० हजार ७९४ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूमको तुलनामा १३.८३ प्रतिशत कम हो।

बियरिश क्रशओभर

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा यस साता कम्पनीको शेयरमूल्यले बियरिश क्रशओभर बनाएको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

आधारभूत विश्लेषण

नेप्सेमा कम्पनीको २ करोड ८० लाख कित्ता शेयर (हकप्रद समायोजित) सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ५८ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिनको औषत मूल्य १७३ रुपैयाँ ७७ पैसा रहेको छ। कम्पनीको ५२ दिनेको उच्च मूल्य २६४ रुपैयाँ रहेको छ भने न्यून मूल्य १२७ रुपैयाँ ७० पैसा रहेको छ।

वित्तीय विश्लेषण

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासपश्चात कुनै पनि वित्तीय विवरण प्रकाशित गरेको छैन। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ६ लाख ५० हजार रुपैयाँ खुद नोक्सानी व्यहारेको छ। सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १ करोड ८० लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २ करोड ३६ लाख ४८ हजार रुपैयाँ थियो।

हकप्रद शेयर निष्काशनपश्चात २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी पुगेको यस कम्पनीको जगेडा कोष ५५ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ। कम्पनीको बुकभ्यालु ८० रुपैयाँ १५ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.६ गुणा रहेको छ।

ब्रोकर नम्बर ३४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३४ ले कम्पनीको सर्वाधिक ८ हजार १५२ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४१, ४९ र ४ ले कम्पनीको ७ हजारभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ४६ रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको २५ हजार कित्ता भन्दा बढी शेयर बिक्री गरको छ।

शेयरमूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले एक्सट्रीम फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य अझै घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)