गत साता करिब ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Sep 10, 2023 06:58 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्ले साता १९९०.५९ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९२ प्रतिशत अर्थात ५८.१४ अंक घटेर १९३२.४५ विन्दुमा बन्द भएको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये १ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो।

प्रतिरोध क्षेत्र नजिक

गत साता नेप्से परिसूचक १९६० देखि १९९० को प्रतिरोध क्षेत्र नजिक बन्द भएको छ। अघिल्लो साताको टेवा क्षेत्रलाई तोडेर गत साता नेप्से परिसूचक ओरालो लागेसँगै सो क्षेत्र यस साताको लागि प्रतिरोध क्षेत्र बनेको हो। यस साता नेप्से परिसूचक ओरालो लागेमा १८१० देखि १८४० को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यस्तै, १८९५ मा पनि नेप्सेले सानो सपोर्ट पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यस्तै, साप्ताहिक रुपमा पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से घटेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ६ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ४३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २५.८७ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। त्यस्तै, नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यसले हाल नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

ओभरसोल्ड जोनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।