५ बैंकले लाभांश घोषणा गरे, अब बाँकी १४ वाणिज्य बैंकले पनि दुई साता भित्रै लाभांश घोषणा गरिसक्ने

Sep 17, 2023 12:03 PM Merolagani



एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले लाभांश घोषणा गरिसकेकाले अब लगानीकर्ताको ध्यान १४ वाणिज्य बैंक माथि पर्न थालेको छ । ५ बैंकले लाभांश वितरण गरिसकेकाले अब बाँकी वाणिज्य बैंकले पनि लाभांश घोषणा गर्न तयारीमा रहेका छन् ।

एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आज मात्रै सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 चालु आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ५ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् ।

कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । बाँकी १९ मध्ये ५ वटाले लाभांश प्रस्ताव गरिसकेका छन् । अझै १४ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् ।

अब लगानीकर्ताको ध्यान लाभांश वितरण गर्ने वाणिज्य बैंकमाथि जान थालेको छ ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।