लाभांश प्रस्ताव पारित गर्न नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा

Sep 17, 2023 02:08 PM Merolagani



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था (NESDO) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले असोज २६ गते, रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा चौथो वार्षिक साधारण सभा बोलाएको हो।

सो सभा दिउँसो साढे १ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँ बराबरका नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य लघुवित्तसँगै मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज १८ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।