आज हरितालिका तीज

Sep 18, 2023 07:17 AM Merolagani



नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीज आज वैदिक सनातन धर्म अनुसार महादेवको पूजा आराधना गरी मनाइँदैछ। हरेक वर्ष भदौशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी देवाधिदेव महादेवको पूजा गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहेको छ।

सत्ययुगमा हिमालयन पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी व्रत बसेको पुराणहरुमा उल्लेख छ। पिता हिमालय पर्वतले आफ्नो विवाह भगवान् विष्णसँग गरिदिने भएपछि पार्वतीले आफुले मन पराएको वर पाउन महादेवको तपस्या गरेकी थिइन्।

हरितालिका संस्कृतका दुई शब्द ‘हरित’ र ‘आलिका’ मिलेर बनेको शब्द हो। जसमा ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ।

भगवान विष्णुसँग विवाह गरिदिने कुरा साथीहरुलाई सुनाएपछि पार्वतीका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएको र सोही ठाउँमा नै उनले निराहार व्रत बसी महादेव प्राप्त गरेकी भएर यस दिनलाई हरितालिका भनिएको हो।

यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ। तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

व्रतको अघिल्लो दिन अर्थात भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेअगावै दर खाने चलन छ। सो दिन चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई वा मावलीले चेलीभान्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन्। दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दूध, दही, घिउआदि) आहार हो। भोलिपल्ट व्रत बस्न शक्ति प्राप्ति होस् भनेर पौष्टिक आहार गर्ने चलन रहेको छ।




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।