यस साता कम्पनीको शेयरमूल्य १६ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ११४ रुपैयाँ ६० पैसामा कारोबार भएको यस कम्पनीको शेयर, यस साता १६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।
प्रतिरोध क्षेत्रमा
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्रमा पुगेको छ। गत सातादेखि नै टेवा परीक्षण गरिरहेको कम्पनीको शेयरमूल्यले यस साता १३० देखि १४० को क्षेत्रमा टेवा पाएर उकालो लागेको हो। हाल कम्पनीको प्रतिरोध क्षेत्र १५५ देखि १६५ सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो प्रतिरोध तोडेर उकालो लागेमा १८० देखि १९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता बलियो
साताका अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्यले लामो बुलिश मैनबत्ती बनाएको छ। यसले सो दिनहरुमा बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्युम
यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा १ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ४० हजार रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १६० प्रतिशत बढी हो।

बुलिश प्रवृत्तिमा
प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा देखिएको छ। यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। गत साता कम्पनीको शेयरमूल्यले बुलिश क्रशओभर बनाएको थियो, जसपश्चात कम्पनीको शेयरमूल्यमा बुलिश प्रवृत्ति देखिएको हो। यस साता कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा
स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयर अहिले न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्री मार्फत ३५ करोड २० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड ३३ लाख ३४ हजार रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २४ करोड ८६ लाख ९२ हजार रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नोक्सानी समीक्षा अवधिमा सामान्य घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३० करोड ८८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी ३६ करोड ३६ लाख रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वित्तीय खर्च ४० करोड ५९ लाख रुपैयाँ रहेको छ।
१ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु ४० रुपैयाँ ४१ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ४ गुणा रहेको छ।

आधारभूत अवस्था
हाल नेप्सेमा कम्पनीको १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता १६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब ३८ करोड ४३ लाख ८६ हजार रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २९० रुपैयाँ रहेको छ भने न्यून मूल्य १३७ रुपैयाँ ४० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य १९० रुपैयाँ ४७ पैसा रहेको छ।
कम्पनीले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा निर्माण गरेको २२.२ मेगावाटको माथिल्लो चाकु एक जलविद्युत आयोजनाबाट २०७८ जेठ १ गतेदेखि सिओडि गरी विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले बैंकको ऋण भुक्तानी गर्न हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। सोही प्रस्ताव पारित गर्न कम्पनीले यही असोज २५ गते साधारण सभा बोलाएको छ।

ब्रोकर ६७ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ६७ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा ब्रोकर नम्बर ४५ रहेको छ। ६७ ले यस साता ३२ हजार ९०० कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४२ र ४५ ले साढे १५ हजार कित्ता शेयर खरिद गरेको छ। ब्रोकर नम्बर ४५ ले भने यस साता कम्पनीको २६ हजार ६५५ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमाझ कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर रहेको संकेत गर्दछ। यद्यपि, यो अघिल्ला दिनहरुमा भन्दा केही कम भएको मिटरमा देखिएको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)