समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

Sep 26, 2023 12:40 PM Merolagani



नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको बित्तिय संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेड(SFCL) रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ ।

बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई संचालनमा आएको शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम असाेज ८ गते सोमबारका दिन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले रिबन काटेर दीप प्रज्वलन गरी गरे ।

उक्त कार्यक्रममा लुम्बिनी साकोस बुटवलका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको आतिथ्यताका साथै बुटवल क्षेत्रका समाजसेवी, बुद्धिजिवि, सहकारी संस्थाका संचालकहरु र स्थानिय सर्वसाधारणहरु तथा संस्थाका ग्राहकहरु लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

शाखा सञ्जाल तेह्र वटा रहेको फाइनान्सको अर्को बर्ष थप केहि शाखाहरु पनि संचालन गर्ने योजना रहेको जनाएको छ । संस्थाको निशुल्क मोबाइल वैकिङ्ख, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, च्त्न्क् लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा उच्चतम १२.७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।