प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Sep 27, 2023 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.४५ अंक बढेर २०२२.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६० अंक बढेर २०२३.५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा २५ स्टकको ६ लाख ४० हजार ७७१ रुपैयाँ ९० पैसाबराबरको २ हजार ५३१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ११ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।