कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता

Sep 27, 2023 08:09 PM Merolagani



कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबीच साल असोज १० गते बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेटसेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।