टेवा क्षेत्रमा
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य टेवा क्षेत्रमा बन्द भएको छ। यस साता कम्पनीको शेयरमूल्यले गत साताको प्रतिरोध क्षेत्रलाई तोडेर माथि लागेको थियो। सोही अनुसार गत साताको प्रतिरोध क्षेत्र यस साताको लागि टेवा क्षेत्र बनेको हो। हाल कम्पनीको टेवा क्षेत्र ३९० देखि ४१० सम्म रहेको छ। त्यसैगरी कम्पनीको प्रतिरोध क्षेत्र ४६० देखि ४८० सम्म रहेको छ।
खरिदकर्ता बलियो
साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले लामो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

बलियो भोल्युम
यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा ४ हजार ८७९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २ हजार २९ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २४०.४७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्तिमा
प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाका साथै शून्य रेखाभन्दा माथि रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि यस साता सकारात्मक क्षेत्रमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिद चाप बढ्दै
स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयरमा पछिल्लो समय खरिदचाप बढ्दै गएको देखिन्छ।

वित्तीय अवस्था
गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्री मार्फत २६ करोड २ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड ५७ लाख २३ हजार रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १३ करोड ४५ लाख १८ हजार रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नोक्सानी समीक्षा अवधिमा घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी ६ करोड २० लाख रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वित्तीय खर्च १७ करोड ७९ लाख रुपैयाँ रहेको छ।
५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ६ करोड २० लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५८ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु ११२ रुपैयाँ ४१ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ३.६३ गुणा रहेको छ।

आधारभूत अवस्था
हाल नेप्सेमा कम्पनीको ५० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ४०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब ४ करोड रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५८३ रुपैयाँ ४० पैसा रहेको छ भने न्यून मूल्य ३१६ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४१० रुपैयाँ ४७ पैसा रहेको छ।
कम्पनीले इलाममा माइ बेनी जलविद्युत आयोजनामार्फत ९.५१ मेगावाट विद्युत उत्पादन गरी बिक्री गर्दै आइरहेको छ। कम्पनीले २०७८ असोज १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियो।

ब्रोकर १७ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर १७ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा ब्रोकर नम्बर १४ रहेको छ। १७ ले यस साता कम्पनीको ३ हजार ९६८ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ५६ लाख ३ हजार ७०४ कित्ता शेयर खरिद गरेको छ भने ५७ ले २ हजार ३८९ कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर १४ ले भने यस साता कम्पनीको २ हजार ३० कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य बढ्ने लोभ र घट्ने डर दुबै धेरै नरहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)