अघिल्लो कारोबार दिन अर्थात आइतबार ३३.२० अंक घटेर १९७१.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८२ अंक घटेर १९७०.२७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा १३ स्टकको १० लाख ४८ हजार ६१८ रुपैयाँ ५० पैसाबराबरको २ हजार ४४८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।