अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१४ अंक बढेर १९५८.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा २० स्टकको ५ लाख ६ हजार ८२० रुपैयाँबराबरको १ हजार ६२६ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।