नेशनल बैंकिंग इन्स्टिच्युटद्वारा धनगढीमा सेमिनार सम्पन्न

Oct 04, 2023 02:35 PM Merolagani



नेशनल बैंकिंग इन्स्टिच्युटले देशमा बिद्यमान कर्जा लगानीको अवस्था,सम्भावना र चुनौतीका बारेमा छलफल गर्न सुदुर पश्चिम प्रदेशको धनगढिमा असोज १३ गतेका दिन “Navigating the Credit Landscape” बिषयक एक दिने सेमिनारको आयोजना गरेको थियो ।

सो सेमिनारमा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तिय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीका साथै बरिष्ठ बैंकिंग विज्ञहरु परशुराम कुँवर क्षेत्री तथा अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त सेमिनारले मुलुकमा कर्जा लगानीको अवस्थाका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरु र सरोकारवालाहरुलाई एकै ठाउँमा भेला भई छलफल गर्ने अवसर प्रदान गरेको थियो । उक्त सेमिनारमा विशेष गरि कर्जा लगानीका लागि बैंकिंग तथा वित्तिय क्षेत्रले सामना गरेका चुनौतिहरु, कर्जा लगानीका अवसरहरु र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिका बारेमा छलफल भएको थियो । उक्त कार्यक्रममा परशुराम कुँवर क्षेत्री ले साना तथा मझौला व्यवसाय क्षेत्रमा रहेका अवसर र जोखिमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का वक्ता अजय श्रेष्ठले खुद्रा व्यवसायमा कर्जा लगानी गर्दा आइपर्ने चुनौतीहरुका बारेमा केस स्टडी प्रस्तुत गरेका थिए।

यसैगरी, नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीले बैंकहरुको कर्जाको गुणस्तर का बारेमा चर्चा गर्दै बैंकहरुले सुधार गर्नुपर्ने क्षेत्रका बारेमा जोड दिए । उक्त अवसरमा एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक र एनएमबि बैंक का प्रदेश प्रमुखहरु क्रमशः सतिश प्रताप सिंह, पुकार सुवेदी र श्याम अधिकारी सम्मिलित तथा परशुराम कुँवर क्षेत्रीद्वारा संचालित सामुहिक छलफल कार्यक्रमको पनि आयोजना पनि गरिएको थियो ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।